Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

गृहमा हाजिर भएको ५ महिनामा जिम्मेवारी सहसचिव बास्तोलाले

गृहमा हाजिर भएको ५ महिनामा जिम्मेवारी सहसचिव बास्तोलाले

काठमाडौँ : सहसचिव बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयमा हाजिर भएको ५ महिनापछि बल्ल जिम्मेवारी पाएका छन् । गृह मन्त्रालयबाट प्राप्त कागजातमा सहसचिव बास्तोला गत पुस २६ गते मन्त्रालयमा हाजिर भएका थिए ।

त्यसपछि अतिरिक्त समूहमा रहँदै आएका बास्तोलालाई आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको हो ।

निजामती कर्मचारी सेवा ऐन अनुसार कुनै पनि निजामती कर्मचारीलाई ६० दिनभन्दा बढी जिम्मेवारीविहीन अवस्थामा राख्न पाइन्न । निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख) (१) विपरीत सहसचिव बास्तोला जगेडामा राखिएका थिए ।

ऐनको दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न नमिल्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij