Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवन प्रहरीको कमाण्ड एसपी गोबिन्द पुरीले सम्हाल्ने,राजन लिम्बु झापा सरुवा

चितवन प्रहरीको कमाण्ड एसपी गोबिन्द पुरीले सम्हाल्ने,राजन लिम्बु झापा सरुवा

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्ने क्रममा चितवन प्रहरी प्रमुखको झापामा सरुवा भएको हो ।

अब, चितवन प्रहरीको कमाण्ड एसपी गोबिन्द पुरीले सम्हाल्नुहुनेछ । उहाँ यसअघि नेपाल प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत हुनुहुन्थ्यो । यसअघि, चितवनमा काजमा आएका एसपी गौतम मिश्र पर्सामा गएपछि लिम्बु माघमा चितवन आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij