इच्छाकामना : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सविन गुरुङ चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोश्रो सम्मेलनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैबिच उपाध्यक्षमा ज्योति गुरुङ,अस्मिता सुनार,सचिवमा भरत गुरुङ,सह–सचिवमा प्रविन गुरुङ, देव कुमार चेपाङ र कोषाध्यक्षमा सन्त कुमारी चेपाङ चयन भएका छन् । सम्मेलनबाट २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा चितवनका इन्चार्ज घनश्याम दाहाल ‘अविनास’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा, वागमती प्रदेश सभा सदस्य इश्वर सापकोटा , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव द्रोणबाबु सिवाकोटी, प्रदेश कमिटीका सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, प्रदेश सदस्य सावित्रा सिलवाल, इच्छाकामना गाउँ कमिटी अध्यक्ष रामहरि कडेँल वाइसियल चितवनका अध्यक्ष दुर्लभ शाही,अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुुसन पौडेल लगायतको आतिथ्यतता रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij