Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा पहिलो पटक लक्ष्मी कमर्शियलको ग्राहक भेटघाट कार्यक्रम

भरतपुरमा पहिलो पटक लक्ष्मी कमर्शियलको ग्राहक भेटघाट कार्यक्रम

भरतपुर : चितवनको भरतपुरमा पहिलो पटक एसएमएल ईसुजुले ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एसएमएल ईसुजु नेपालका लागि एक मात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रा.लि. र यसको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रा.लि. को संयुक्त आयोजनामा ग्राहक भेटघाट कार्यक्रम २०२५ भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न गरेको हो ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ ।नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । कार्यक्रममा ग्राहकहरू व्यवसायिक साझेदारहरू तथा सरोकारवालाहरू बीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको ब्राण्डेड अटोमोबाइल प्रा.लि.का अध्यक्ष ईन्द्र रेग्मीले जानकारी दिए । कार्यक्रममा चितवनस्थित ब्राण्डेड अटोमोबाइल प्रालिले आफ्नो स्थापना इतिहास र अहिलेसम्मका उपलब्धीहरू प्रबन्ध निर्देशक अर्जुन सापकोटाले प्रस्तुत गरेका थिए । लक्ष्मी कमर्शियल भेहिकल प्रालिका सेल्स हेड संजय खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालभरी विस्तार हुँदै गएको सेल्स तथा सर्भिस नेटवर्क र गुणस्तरीय सेवा र उत्पादनमा कम्पनीको प्रतिवद्धता बारे जानकारी गराए । सोही अवसरमा ग्राहक भेटघाटकै अवसरमा बुकिङ्ग गर्ने प्रत्येक ग्राहकवर्गलाई एक टनको एसी दिने घोषण गरेका थिए ।

यस्तै लक्ष्मी कमर्शियल भेहिकलका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्राविधिक पक्ष र यसको विशेषताहरूको बारेमा जानकारी दिँदै, किन एसएमएल ईसुजु नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको छ भन्ने स्पष्ट पारेका थिए । कार्यक्रममा ब्राण्डेड अटोमोबाइल प्रालिका अध्यक्ष ईन्द्रप्रसाद रेग्मीले आफ्नो सम्बोधनमा उत्कृष्ट पछिल्लो सेवा बिक्रिपछिको सर्भीस् उत्कृष्ट रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै ग्राहक सन्तुष्टी नै उनीहरूको प्रमुख लक्ष्य भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ब्राण्डेड अटोमोबाइलका निर्देशक सुनिता रेग्मीले चितवनका विद्यालयहरुलाई लक्षित गरि विशेष प्याकेज दिदै ग्राहक सेवा नै आफूहरुको पहिलो प्रथामिकता भएको बताईन् ।

आगामी दिनहरूमा लक्ष्मी कमर्शियल भेहिकल प्रालिले नेपालका विभिन्न क्षेत्रहरूमा यस्तै कार्यक्रमहरू आयोजना गर्दै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, उनीहरूको आवश्यकताहरू बुझ्ने र अझ राम्रो सेवा प्रदान गर्ने योजना बनाएको छ । कार्यक्रममा २ सय ५० भन्दा बढिको सहभागीता रहेको थियो । एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राखेको छ।

   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij