काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।
बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij