Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

क्रिकेट एनपीएल–३ : डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

क्रिकेट एनपीएल–३ : डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

काठमाडौं :  साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफ ३२ रनमा आउट भए । निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । विनोद ९, सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७, शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल १७ रनमा अविजित रहे ।

नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोग लुम्बिनीले गरेको छ । दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु अपिल गरेका थिए । तर, अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए । जसमा उनी सफल हुन सकेनन् ।

मंगलबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजेबाट विराटनगर किंग्स र चितवन राइनोजबिच हुनेछ । दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट