Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा सिलवाल निर्वाचित

कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा सिलवाल निर्वाचित

खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।

गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ। जसको सदस्यहरुमा नमराज न्यौपाने, गणेसलाल श्रेष्ठ, कविता महत्तो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओलि दराई, सान्ता कडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी सावित्री तमाङ्ग निर्वाचित हुनुभएको छ। यस्तै लेखा समिती संयोजकमा सुर्य भुसाल र सदस्यहरुमा कविता उप्रेती र राजकुमार गौतम निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष सिलवालले वनका सम्पुर्ण उपभोक्ताहरुले महसुस गर्ने गरि संरक्षण र उपभोक्तालाई जोडिने गरि आफुले काम गर्दै कुमरोजलाई पर्यटनको हव बनाउने जानकारी दिनु भएको छ।२२१९ उपभोक्ता रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन सफारी पर्यटनमा पर्यटकको रोजाईमा पर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij