काठमाडौंँ : नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमको सुभारम्भ गरेको हो ।
तालिमको शुभारम्भ गर्दै नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाले तालिमले अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीहरुको विश्लेषण गरी फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना बनाई कार्यान्वयन गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।
साथै उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई अनुभव आदान प्रदान गर्दै मित्रभावका साथ तालिमको सदुपयोग गर्न सुझाव दिए ।मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला ४ जना सहित ८१ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १ १ गरी ३ जना अधिकृतहरूका सहभागी छन् ।
साथै चीनको २ तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १र१ जना गरी ८ विदेशी गरी ९२ जना अधिकृतहरू तालिममा सहभागी छन् ।
यस कलेजबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १ हजार ४ सय १५ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।
तालिममा शिक्षाध्यक्ष उपरथी चोक बहादुर ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा रथी वृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्ष, पूर्व रथीवृन्द, प्राध्यापक, विभिन्न राष्ट्रका सैनिक सहचारी लगायतको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij