Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर

काठमाडौँ : वैदेशिक रोजगार विभागमा दुई जना सहसचिवलाई खटाइएको छ । सिनियर सहसचिवलाई महानिर्देशक बनाएर पठाइएको छ भने जुनियर सहसचिवलाई उपमहा निर्देशक बनाएर खटाइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव जीवलाल भुसाललाई महानिर्देशक बनाएर विभागको पठाएको थियो । तर, उनी हालसम्म विभागको जिम्मेवारी सम्हाल्न गएका छैनन् ।त्यस्तै हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रबहादुर शिवाकोटी उपमहानिर्देशक भएर गएका छन् । कार्यभारका आधारमा मन्त्रालयले विभागमा उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर शिवाकोटीलाई खटाएको हो ।

त्यस्तै विभागका निर्देशक गुरुदत्त सुवेदीको समेत सरुवा गरिएको छ । विभागका सूचना अधिकारी समेत रहेका सुवेदीलाई बबरमहलस्थित वैदेशिक रोजगार बोर्डका सचिवालय पठाइएको छ भने उनको ठाउँमा बोर्डकै निर्देशक टिकाराम ढकाललाई पठाइएको छ । ढकाल बोर्डमा प्रवक्ताको जिम्मेवारीमा थिए ।

विभागसँगै रहेको वैदेशिक रोजगार कार्यालयको दरबन्दी समेत कटौती गरिएको छ । तीन जना निर्देशक रहेको कार्यालयमा दुई जना निर्देशकको दरबन्दी कटौती गरिएको छ । हाल एक जनालाई मात्रै निर्देशकको खटाइएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति लगायतका सेवाहरू अनलाइनमार्फत हुँदै आएको छ । जसले गर्दा कार्यभार कम भएको भन्दै मन्त्रालयले निर्देशकको दरबन्दी कटौती गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij