Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत

सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत

काठमाडौँ : वैज्ञानिकहरूले अन्तरिक्षको सुदूर कुनामा अर्को तारालाई घुमिरहेको एउटा ग्रहमा जीवन भएको नयाँ प्रमाण फेला पारेका छन् । तर यो प्रमाण मोटामोटी मात्रै भएको बताइएको छ ।

क्याम्ब्रिजको एक टोलीले के २–१८ बी नाम गरेको ग्रहको वायुमण्डलको अध्ययन गरेका थिए । त्यहाँ पृथ्वीमा सामान्य जीवजन्तुले मात्रै उत्पादन गर्न सक्ने मोलिक्युलको संकेत भेटिएको छ ।तर यो तथ्यलाई प्रमाणित गर्न थप डेटा चाहिने उक्त टोली र स्वतन्त्र खगोलविद्हरूले बताइरहेका छन् । छिटै नै ठोस प्रमाण प्राप्त हुनेमा आफू आशावादी रहेको यस अनुसन्धानका मुख्य अनुसन्धाता प्राध्यापक निक्कु मधुसुदनले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।

अन्तरिक्षमा कुनै ग्रहमा जीवन छ भन्ने यो अहिलेसम्मकै बलियो प्रमाण भएको उनले बताए । आगामी एक दुई वर्षमा यो कुराको पुष्टि आफूले गर्न सक्ने उनको भनाइ छ । के२–१८ बी पृथ्वीभन्दा साढे २ गुणा ठूलो छ । यो पृथ्वीबाट सात हजार खर्ब माइल पर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij