Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

फेन्सी व्यवसायी संघद्वारा विभिन्न संघसंस्थासँग सम्झौता

फेन्सी व्यवसायी संघद्वारा विभिन्न संघसंस्थासँग सम्झौता

भरतपुर : फेन्सी व्यवसायी संघ चितवनले नयाँ वर्षको अवसर पारेर साङ्गीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रमका साथ फेन्सी नव वर्ष उत्सव–२०८२ सम्पन्न गरेको छ ।

कार्यक्रमको माध्यमबाट सङ्गीत र कलामार्फत समाजमा सकारात्मक ऊर्जा फैलाउन र एकता र मित्रताको सन्देश दिन सफल भएको अध्यक्ष रामप्रसाद पौडेलले बताए । फेन्सी व्यवसायीहरुलाई राष्ट्रियस्तरमा चिनाउने र व्यवसायीलाई एक्यबेद्धता बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको अध्इक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने पूर्वअध्यक्ष एवम् सल्लाहकार, कार्यसमिति, कालाकारहरु, दाताज इभेन्ट, सिएमटी होटल परिवार, प्रायोजकहरु र सहयोगीहरुको योगदान मह¤वपूर्ण रहेको कार्यक्रम संयोजक विपीन अर्यालले बताए ।

सो अवसरमा फेन्सी व्यवसायी संघ चितवन र सेन्ट्रल हस्पिटलबीच संघका परिवारलाई उपचारमा ३० प्रतिशत छूट दिनेगरी सम्झौता भएको छ । यस्तै, चितवन मिट टाउन होटल हाकिम चोकले रेस्टुरेन्टमा १० प्रतिशत र आवासमा २० प्रतिशत छूट दिनेगरी सम्झौता गरेको संघका प्रवक्ता सन्तोष पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij