Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौँ : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज तेस्रो दिन पनि सुनुवाइ हुँदै छ ।

गत मंगलबारदेखि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो ।

बहस नसकिएपछि मंगलबार र बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज थापाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij