Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा शुभ कार्य सम्पन्न

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा शुभ कार्य सम्पन्न

पोखरा : पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ ।कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेताbपनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ ।

त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ ।त्यस्तै यज्ञ पनि खनिएको छ । आज ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड अनिएको हो ।

आज भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij