Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

पत्रकारमाथिको आक्रमणबारे छानबिन र कारबाहीको माग गर्दै महासंघ पर्साद्वारा ज्ञापन पत्र बुझाइयो

पत्रकारमाथिको आक्रमणबारे छानबिन र कारबाहीको माग गर्दै महासंघ पर्साद्वारा ज्ञापन पत्र बुझाइयो

काठमाणडौँ : नेपाल पत्रकार महासंघ पर्सा शाखाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई पत्रकारमाथिको आक्रमणबारे छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ।महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले मंगलबार साँझको प्रदर्शनका क्रममा पत्रकारमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो।हिन्दुवादी समूहले गरेको प्रदर्शनको समाचार संकलनका क्रममा पत्रकार अर्जुन गुप्ता, अनिल ओझा र धीरेन्द्र तिवारी आक्रमणमा परेका थिए।

गुप्ताको टाउकोमा चोट लागेको छ भने ओझा र तिवारीको खुट्टामा चोट लागेको महासंघले जनाएको छ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता अप्रिय घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले पनि घटना दुर्भाग्यपूर्ण भएको भन्दै भविष्यमा यस्ता घटना नदोहोरिने आश्वासन दिएका छन्।ज्ञापन पत्र बुझाउने कार्यक्रममा महासंघ पर्साका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij