Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले मनायो २१ औँ स्थापना दिवस

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले मनायो २१ औँ स्थापना दिवस

कुुरिनटार :  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले आफ्नो २१ औँ स्थापना दिवस मनाएका छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको प्रमुख आतिथ्यतमा एक समारोहका बिच स्थापना दिवस मनाएका हुन् ।  कार्यक्रममा विपद् व्यवस्थापनका नमूना अभ्यास सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । साथै शिक्षालयका गोताखोर टिम र विभिन्न गतिविधिहरुमा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले  शुभकामना सहित निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । साथै विशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत,इच्छाकामना ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती लगायतको आतिथ्यता रहनुभएको थियो । चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको यस शिक्षालय वि.स. २०५८ साल मंसिर २४ गते वेश क्याम्पको रुपमा स्थापना भई हाल सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको रुपमा सञ्चालनमा रहेको छ ।  शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद पौडेलका अनुसार  यस शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी उन्नत एवम् व्यवसायिक तालिम  प्रदान  गरि विपद् व्यवस्थापनमा दक्ष, सक्षम र कर्मठ जनशक्ति उत्पादन गर्ने  उदेश्यलाई जोड दिएको छ ।

21122412-17d0-421f-81ba-ac0d9d1dbc0f1744726826.jpeg यस शिक्षालयले स्थापनाकालदेखि हाल सम्म ५४ वटा विपद् व्यवस्थापन तालिम सम्पन्न गरि दुई हजार ६६७ जना दक्ष जनशक्ति उत्पादन गरेका छन् । साथै ३ वटा गोताखोर तालिम सञ्चालन गरि ५८ जना गोताखोर तथा देशका विभिन्न स्थानहरुमा विद्यालय, नगर प्रहरी संघ संस्था र समुदायहरुमा आधारित ४५ वटा समुदायमा स्वंयसेवक विपद् व्यवस्थापन तालिम सञ्चालन गरि एक हजार ७८४ जना नागरिकहरुलाई सीप ज्ञान प्रदान गराइएको छ । यस शिक्षालयले जनशक्ति परिचालन गरि ३६२ वटा विपद्का घटनाहरुमा पाँच हजार ४८४ जनाको संख्यामा देशका विभिन्न स्थानहरुमा दक्ष जनशक्ति परिचालन गरि ९२८ जनाको जिवित उद्धार र ३९६ जनाको शव रिकभर गरिएको जनाएको छ । साथै विभिन्न सामाजिक क्रियाकलाप अन्तरर्गत हाल सम्म ६ पटक रक्तदान कार्यक्रम गरि  १९८ जनाले रक्तदान समेत गरेको शिक्षालयले जनाएको छ । शिक्षालय परिसरमा पृथ्वी हाइवे ट्रमा सेन्टर समेत सञ्चालनमा रहेको छ ।

552aa949-0726-42c7-b957-66f51760c4b01744726895.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij