Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

काठमाडौं : वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय अनुसार युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।उनीहरूमाथि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको छ ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।

१० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको उनले भिडियोमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij