Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

पोखरा : प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।बैशाख २ गते एक कार्यक्रमको आयोजना गरी बैंक तथा होटलका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लक्षित गरेर उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरिएको बैंकले जनाएको छ ।सम्झौता पत्रमा गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेडको तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि.बीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij