काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा एआई आर्टिफिसियल इन्टलिजेन्सको अत्याधिक प्रयोगसँगै दुरुपयोग हुन थालेकोप्रति आपत्ति जनाएको छ ।
पछिल्लो समय एआईको प्रयोग गरी चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामाग्री सिर्जना गरी सार्वजनिक गर्ने प्रवृत्ति बढेको प्रति आपत्ति जनाएको हो ।
यस्तो गतिविधि विद्यमान साइबर कानुन अनुसार अपराध हुने भएको जनाउँदै कानुनी झमेलामा नपर्न आग्रह गर्दै ब्युरोले विज्ञप्तिमार्फत ‘सोच विचार गरी’ अरूको सम्मानमा आँच नपुर्याउने गरी सकारात्मक प्रयोग गर्न चेतावनी दिएको छ ।
विज्ञप्तिमा ‘एआईको प्रयोग गरी ‘चरित्रहत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामाग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरीरगराई मानमर्दन गर्ने कार्यहरू सामाजिक सञ्जालमार्फत बढ्दो क्रममा देखिएकोप्रति साइबर ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij