बुटवल : जिल्ला प्रशासन कार्यालय दाङले बबई नदीमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज आदेश जारी गर्दै मोटरबोट दर्ता नगरेसम्म सञ्चालन गर्न नपाउने आदेश दिएका हुन् । पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी बोटिङ गरेको र नदीमा समेत पानीको बहाव रोकिएको प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा मान्छेको भीड हुँदासमेत जोखिम बढेको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ को अधिकार प्रयोग गरी रोक लगाएको प्रशासनले उल्लेख गरेकाे छ।मोटरबोट सञ्चालनपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij