काठमाडौं : विगत लामो समयदेखि विभिन्न माग राखेर आवासीय चिकित्सकहरू आन्दोलनमा छन् ।नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू एवं एमडी/एमएस/एमडीएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सहरू आन्दोलन गर्दै आएका हुन् । सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूसँग सरकारले सहमति गरेको थियो ।त्यसपछि आन्दोलन स्थगित गरेका थिए । तर, चिकित्सा शिक्षा आयोगले नीजि मेडिकल कलेजको सीट छोडेर सरकारी कलेजहरूको मात्रै सीट निधारण गरेको थियो । त्यसपछि देशभरका चिकित्सहरू आन्दोलनमा उत्रिएका हुन् ।उनीहरूले ‘नो पे, नो वर्क’जस्ता नारा लगाउँदै हरेक दिन माइतीघरमण्डलामा पुगेर प्रदर्शन गर्दै आएका छन् । नीजि मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले समेत कलेजमै विरोध प्रदर्शन गर्दै आएका छन् ।
आयोगको १६ औं बैठकले आवासीय चिकित्सकहरूलाई, नेपाल सरकार आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तिभरण दिने निर्णय गरेको थियो ।त्यसपछि उक्त निर्णय नमान्ने नीजि मेडिकल कलेज सञ्चालकहरूले अडान लिएका थिए ।उनीहरूको अडानपछि आयोगको १७ औं बैठकपछि नीजिको छोडेर सार्वजनिक संस्थाहरूको मात्रै सीट निर्धारण गरेर सार्वजनिक गरेको थियो । उक्त निर्णय खारेज गर्नुपर्ने र १६ औं बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने मागसहित चिकित्सकहरू आन्दोलन गर्दै आएका हुन् ।स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले सरकारी सरह पारिश्रमिक नदिने नीजि मेडिकल कलेजहरूको सम्बन्धन खारेज, बीमा लगायत सरकारी अनुदान सम्पूर्ण कार्यक्रम रद्द गर्ने लगायतका कारवाही गर्ने निर्णय गर्न माग गरेको छ । यी मागहरू सम्बोधन हुनुपर्ने भन्दै चिकित्सकहरूले आफुले प्रदान गर्दै आएका सेवा बहिष्कार गर्ने र मेडिकल कलेज परिसरमा धर्ना दिने तथा प्रदर्शन गर्दै आएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij