Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै

उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै

काठमाडौं : उत्तर कोरियाले सबैभन्दा ठुलो युद्धपोत निर्माण गरिरहेको भूपउपग्रहले खिचेको तस्बिरले देखाएको छ । अहिले किम जोङ उनसँग रहेका अन्य युद्धपोतभन्दा यो दुई गुणा ठुलो रहेको बताइएको हो ।

म्याक्सार टेक्नोलोजिज एन्ड प्लानेट ल्याब्सले गत अप्रिल ६ मा खिचेको तस्बिरमा उत्तर कोरियाको पश्चिमी तटमा रहेको नाम्पो बन्दरगाहमा यो जहाजलाई तयार गरिरहेको देखिएको छ । यो स्थान राजधानी प्योङयाङभन्दा ६० किलोमिटर दक्षिण पश्चिममा रहेको छ ।

सेन्टर फर स्ट्राटेजिक इन्टरनेसनल स्टडिजका जोसेफ बर्मुडेज जुनियर र जेनिफर जुनको विश्लेषण अनुसार यो ४५९ फिट लामो रहेको छ। अमेरिकी जलसेनाको युद्धपोतहरु ५०५ फिट लामा रहेका छन् । किमले पछिल्लो समय आफ्नो सेनाको आधुनिकीकरणमा जोड दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij