Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा

नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा

काठमाडौँ : फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा।लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बनजंग शाही निर्माताको रुपमा छन् । यो फिल्मको छायाङ्कन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।

यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।

ओमले निर्देशन गरेको तथा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij