काठमाडौँ : आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरू वर्षहरू झैँ सामान्य बितेको वर्ष पक्कै हैन । सामाजिक,राजनैतिक,आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।
यस वर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरू भए पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेसा गोवर्द्धनले दिलाएकी छन् र कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे ।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जी ले कीर्तिमान बनाए ।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४ औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।
उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्। मङ्सिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग को आयोजना गरियो जुन खेल अन्तर्राष्ट्रिय स्तर मा समेत चर्चा भयो ।
यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।
यहि वर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्त लाई लिएर आन्दोलनहरू भए भने प्रतिनिधिसभामा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले गरे सदन अवरोध गरे र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए र यसैवर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१ औँ प्रमुख दीपक थापालाई नियुक्त गर्यो ।
जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने उनी अहिले कारागार चलान भएका छन्।
तीनकुने घटनालाई लिएर मुख्य कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। यसै वर्ष कूटनीतिक भ्रमण भए मङ्सिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरे भने वैशाख २३ मा जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण गरेकी थिइन् । वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका थिए भने भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले आज हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबंधन पछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिनुभयो भने नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो । यसै वर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन पनि सम्पन्न भएको थियो ।


























© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij