तनहुँ : व्यास नगरपालिका–०९ स्थित गजौडेमा आयोजित श्री राजापानी कलेस्ती दिगो समाजको ४औं साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट २०८१ देखि २०८४ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय केन्द्र तनहुँका प्रमुख उद्दवराज जमरकट्टेल र तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी रहनुभएको थियो।
समाजको अध्यक्षमा भक्त बहादुर गोदार, उपाध्यक्षमा रोशन रेग्मी (आर.सी.), सचिवमा सुवास पण्डित, कोषाध्यक्षमा मुना घिमिरे चयन हुनु भएको छ। त्यस्तै, सदस्यहरूमा पर्शुराम भण्डारी, अन्जु पण्डित, बिष्णु गोदार, इमान सिंह केसी, मिना रायमाझी, प्रदीप अधिकारी र बासुदेव श्रेष्ठ रहेका छन्।
कार्यक्रममा सुरेश थापा संरक्षक चयन गरिनु भएको छ भने सल्लाहकारमा प्राध्यापक अजित आचार्य, उद्योगी ईश्वरी आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी, लायन गोबिन्द पौडेल (प्रमुख – CTEVT जनकपुर), स्थानीय समाजसेवी नर बहादुर गुरुङ र अधिकृत हर्क बहादुर अधिकारी (ललितपुर महानगरपालिका) रहनुभएको छ।
कार्यक्रममा समाजको स्थापनादेखि हालसम्म उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। संस्थागत रूपमा पाउँदी–गजौडे खानेपानी आयोजना, संगम युवा क्लब, श्री सिद्देश्वर राजापानी महादेव मन्दिर व्यवस्थापन समिति, सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था, पूर्व विद्यार्थी समाज माहेन्द्री, र कलेस्ती उपत्यका महिला विकास समाज सम्मानित भए।
व्यक्तिगत रूपमा कलेस्तीका जेष्ठ नागरिक हरिमाया कार्की, अपांगता भएर पनि प्रेरणादायी जीवन बिताइरहनुभएका शरण घर्ती, शिवचन्द्र आचार्य, संस्थाका संस्थापक सल्लाहकारद्वय बालचन्द्र आचार्य, उपेन्द्र खनाल र सचिव सुवास आचार्यलाई मरणोपरान्त सम्मान पत्र बाट सम्मानित गरिएको थियो।
निर्वाचन अधिकृत अधिवक्ता सुरेश आचार्यको नेतृत्वमा प्राध्यापक अजित आचार्य र लायन गोबिन्द पौडेल सम्मिलित निर्वाचन टिमले सर्वसम्मत रूपमा कार्यसमिति चयन गराएका थिए।
अधिवेशनमा बुद्धिजीवी नारायणदत्त पौडेल, रामचन्द्र रेग्मी, नर बहादुर गुरुङ, इम बहादुर गोदार, राम प्यारी आले, बिष्णु अधिकारी लगायतले सस्थाको योगदान र आगामी कार्यदिशामा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको हो। अधिवेशन आजीवन सदस्यहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij