भक्तपुर : भक्तपुरको बिस्का जात्रामा भैलखः अर्थात् रथले किचेर एक जना मृत्यु भएको छ। रथ पांग्राले किचेर अन्दाजी ३७ वर्षीय सुशील तमखुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए।
मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएको र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij