Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’

बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’

मुम्बई : बलिउड अभिनेता सनी देओलको नयाँ चलचित्र ‘जाट’ हाल सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सनीले यस चलचित्रमार्फत पहिलोपटक दक्षिण भारतका कुनै निर्देशकसँग काम गरेका हुन् ।

यस चलचित्रमा उनको भूमिकालाई दर्शकहरूले मन पराइरहेका छन् । उनका फ्यानहरू ट्रयाक्टरमा चढेर फिल्म हल पुग्दै यो एक्सनले भरिपूर्ण चलचित्रको मजा लिइरहेका छन् ।

चलचित्रले पहिलो दिन नै बक्स अफिसमा ११.६ करोड भारतीय रुपैयाँ कमाएको थियो । यो सनीको करियरको दोस्रो ठुलो ओपनिङ थियो । दोस्रो दिन भने चलचित्रको आम्दानीमा कमी देखियो । योसँगै चलचित्रले दुई दिनमा कूल २०.१ करोड कमायो । तर, सप्ताहको अन्त्यमा चलचित्रको कमाइमा वृद्धि हुने देखिएको छ ।

साकनिल्कको रिपोर्टअनुसार चलचित्रले तेस्रो दिन शनिबार १० करोड रुपैयाँ कमाएको छ । योसँगै चलचित्रको कूल आम्दानी ३०.१ करोड पुगेको छ । यद्यपि, यो अन्तिम आँकडा भने होइन ।

रिपोर्टका अनुसार तेस्रो दिन चलचित्रको कमाइ ३९.८४ प्रतिशतले वृद्धि भएको छ । यो चलचित्रको क्रेज उत्तर भारतमा भन्दा दक्षिण भारतमा बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij