Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

पूर्वआइजीपी राणाको निधन

पूर्वआइजीपी राणाको निधन

काठमाडौं :  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिनासाथ आफ्नै छोरालाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएका थिए ।

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छोरा दीपसमशेर राणाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट