Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नयाँ बर्षमा पटिहानीमा रैथाने बजारको शुभारम्भ

नयाँ बर्षमा पटिहानीमा रैथाने बजारको शुभारम्भ

चितवन : भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय पटिहानीको आयोजनामा नब वर्ष २०८२ को अबसरमा रैथाने बजार २०८२ को शुभारम्भ हुँदैछ। "स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं" भन्ने नारा सहित २०८२ बैशाख १ गते अपरान्ह ४ बजे नगर प्रमुख रेनु दाहाल ज्युको प्रमुख आतिथ्यतामा वडा परिसरमा गर्ने कार्यक्रम रहेको छ।

रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुका स्टल रहने भरतपुर २२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिनुभयो । नयाँ बर्षको अवसर पारी शुभारम्भ गरिने रैथाने बजार हरेक हप्ताको शुक्रबार अपरान्ह ४ बजेदेखि निरन्तर हुने समेत बताईएको छ । साथै उक्त दिन विविध साँस्कृतिक कार्यक्रम समेत समावेश गरिएको सो कार्यक्रममा उपस्थित भई सफल बनाउन सबैमा वडाध्यक्ष महतोले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट