Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मेयर रेनुद्वारा मेड इन नेपाल एक्स्पो उद्वघाटन

मेयर रेनुद्वारा मेड इन नेपाल एक्स्पो उद्वघाटन

 चितवन : भरतपुरमा आजदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको छ ।  युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर आज चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म मेड इन नेपाल एक्स्पो तथा फुड फेष्टिबल सुरु गरेको हो ।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर रेनु दाहालले निजि क्षेत्रको लगानीलाई बढाउन सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । स्थानीय स्रोत साधनलाई परिचालन गर्दै स्वदेशी बस्तुको उपयोग र प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । बढ्दो आर्थिक संकटका कारण युवापुस्ता पलायन भएको स्मरण गर्दै उहाँले युवाहरुको सीप र क्षमतालाई महानगरले कदर गरेको दाबी गर्नुभयो ।

१०० भन्दा बढी स्टलहरु राखिने एक्स्पोमा प्रत्येकदिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने कार्यक्रम संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभयो । सांगीतिक कन्सर्ट हेर्नका लागि टिकट आवश्यक हुनेछ, जुन खल्ती एपमार्फत अग्रिम बिक्रीमा रु. ३०० मा उपलब्ध हुनेछ । भने कार्यक्रम स्थलमा काउन्टरबाट टिकट किन्नुपरेमा रु. ५०० लाग्नेछ। उल्लेखनीय कुरा के छ भने एक्स्पोमा कुनै पनि प्रवेश शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट