Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

पूर्वराजालाई संसदीय समितिमा बोलाउन कांग्रेस सांसद परियारको प्रस्ताव

पूर्वराजालाई संसदीय समितिमा बोलाउन कांग्रेस सांसद परियारको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन् ।गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै सांसद परियारले उक्त प्रस्ताव अघि सारेका हुन् ।उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए।

सांसद परियारले भने,‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? यो समितिमा बोलाऊँ पूर्वराजा ज्ञानेन्द्रलाई यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ।’कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij