Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

उत्कृष्ट खेलाडी छनोट

उत्कृष्ट खेलाडी छनोट

रसुवा : उत्कृष्ट खेलाडी छनोट गर्दै रसुवा खेलकुद विकास समितिले १२औँ संस्करणको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । चैत्र २६ देखि२८ सम्म तीन दिन संन्चालन गरिएको विभिन्न विधामा सागर नेपाली, मनीषा तामाङ, विक्रम राणा, मनिता नेकोर प्रकृति लामा तामाङ सुरेश तामाङ उत्कृष्ट खेलाडी बन्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले जानकारी दिनुभयो ।

खेलकुद विकास समितिका रसुवाका अनुसार उत्कृष्ट खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलमा सहभागी हुनेछन् । यसै गरी तीन दिन सम्म संन्चालन भएको खेलमा कालिका गाउँपालिकाले १६ स्वर्ण, १२ रजत र ९ कांस्य पदक हात पार्दै चौथो पटक पनि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल भएको छ भने प्रतियोगितामा उत्तर गया गाउँपालिका ११ स्वर्ण, ७ रजत र ९ कांस्य सहित दोस्रो स्थानमा हासिल गरेछ यसै गरी गोसाईंकुण्ड गाउँपालिका ६ स्वर्ण, ९ रजत र ६ कांस्य पदक सहित तेस्रो भएको छ ।

समापन समारोहमा सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद मोहन आचार्यले पर्यटन प्रवर्ध्दनमा खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै गुणस्तरीय शिक्षा र खेलकुद पूर्वाधारको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता विकास गर्दै जाने र सामाजिक विकृति हटाउन सहयोग गर्ने भन्दै यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।जिल्लाको सदरमुकाम धुन्चेमा संन्चालन गरिएको उक्त प्रतियोगितामा पाँच गाउँपालिकाका तीन सय खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij