Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु

विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु

नयाँ दिल्ली :  एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ । विमान अवतरण गराए लगत्तै ती पाइलटको मृत्यु भएको हो ।

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराएपछि अन्य औपचारिकता पूरा गरिरहेको समयमा पाइलट अरमानले असजिलो महसुस गरेका थिए ।

केही बेरमै उनी बेहोस भएर ढलेको बताइएको छ । उनलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

पाइलट अरमानका सहकर्मीका अनुसार उनले ककपिटमै बान्ता गरेका थिए । एयर इन्डिया एक्सप्रेसले भने अनावश्यक अड्कलवाजी नगर्न आग्रह गर्दै पाइलटको निधनमा दुःख प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij