Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

काठमाडौँ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा २६ औँ वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भू बनावटले आफ्नै पहिचान बनाएको बताए । उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्न सके देशको समृद्धिका लागि महत्त्वपूर्ण साबित हुने जिकिर गरे ।मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भू बनावट, नेपालको आफ्नै किसिमको पहिचान, भू बनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिहरू रहेको देश नेपाल हो ।

यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्त्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाेज र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतिसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’

मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij