काठमाडौँ : बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ । विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।
यद्यपि, अझै पनि यहाँको वायुको गुणस्तर ‘रेड जोन’ मा नै रहेको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार शुक्रबार बिहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा रहेको छ ।
बिहान ९ः४० मिनेटको मापन अनुसार काठमाडौँको एक्यूआई १५३ रहेको छ । यसलाई अस्वस्थ मानिन्छ । यहाँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११.८ गुणा बढी रहेको छ ।
अहिले कुवेतको कुवेत सिटी विश्वकै प्रदूषित सहर बनेको छ । त्यहाँ एक्यूआई ६४३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा ईराकको बगदाद र तेस्रो स्थानमा साउदी अरबको रियाद सहर रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij