Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा कल्पना गोतामे सर्वसम्मत

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा कल्पना गोतामे सर्वसम्मत

अमिर रामदाम, चितवन : सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा कल्पना गोतामे निर्वाचित हुनुभएको छ। समूहको सोमबार नारायणगढमा सम्पन्न एघारौं, बाह्रौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्ष सहित सबै पदमा निर्विरोध निर्वाचित भएका हुन्।

समूहको निवर्तमान अध्यक्ष शान्ता थापा वि.क पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा सरिता भट्टराई घताने, प्रथम उपाध्यक्षमा सिता सदाशंकर, द्वितीय उपाध्यक्षमा विष्णुमाया खाती, तृतीय उपाध्यक्षमा मिना घिमिरे, महासचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा जुना सुनार, सचिवमा शारदा बराली, प्रवक्तामा गंगा रामदाम सुनार, सह-कोषाध्यक्ष रचना सेन्चुरी निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा पशुपति सेन्चुरी, मन पन्थी, जमुना सुनार, मिना शाक्य, आशा सेन्चुरी, सिमा सेन्चुरी, भीममाया रामदाम र गणदेवी श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक ऋतु विश्वकर्माले जानकारी दिनुभयो।

समूहको अध्यक्ष शान्ता थापा वि.कको अध्यक्षता एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहन कुमार सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको संचालन सम्बन्धी नियमावली-२०७७ (पहिलो संशोधन २०८१) सर्वसम्मत रूपले पारित तथा अनुमोदन गरेको छ । सोही अवसरमा समूहको पहिलो प्रकाशन "शिरफूल" स्मारिका बिमोचन गरिएको थियो।

दुई वर्षे कार्यकालका नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले गराएका थिए । निर्वाचन समिति सदस्य तथा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम यथासिघ्र गरिने जानकारी दिएका छन्।

नवनिर्वाचित अध्यक्ष गोतामे वि.सं २०६८ सालमा गठित सुनचाँदी व्यवसायी महिला समूह चितवनको संस्थापक कोषाध्यक्ष हुँदै निरन्तर विभिन्न पदहरुमा क्रियाशील रूपमा सक्रिय रहँदै आएकी छन् । सुनचाँदी व्यवसायी महिला समूह चितवन मुलुकभरको सुनचाँदी व्यवसायी महिला समूहहरू मध्य जेठो संस्था हो । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको मातहतमा रहनेगरी सुनचाँदी व्यवसायी महिला समूह चितवन गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट