Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण

सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण

काठमाडौँ  :  तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।

भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।

राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट