Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्र यात्रा तय गरेको बताएका छन् ।१५० औँ आईपीयू सभालाई उज्बेकिस्तानमा सम्बोधन गर्दै राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा तय गरेको बताएका हुन्।

‘नेपालले द्वन्द्वबाट शान्तितर्फ, एकात्मक प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ र बहिष्करणबाट समावेशीतर्फको यात्रा तय गरेको विश्वसामु राख्न पाउँदा खुसी लागेको छ । हामीले राजनैतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गरी शान्ति र रुपान्तरणको यात्रा तय गरेका छौं । हाम्रो संविधानले सामाजिक न्याय, समानता र समावेशीतालाई सुनिश्चित गरेको छ । नेपालले सामाजिक समावेशितालाई सुनिश्चित गर्न राष्ट्रका उच्च पदहरूका साथै नीति निर्माणका तहमा लैंगिक तथा सामाजिक समावेशिता सुनिश्चितता गरिएका छन्,’ सभामुख घिमिरेले भने ।

उनी थप्छन् ‘समानता र विविध समुदायहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन पद्धति अवलम्बन गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन हुनुपर्छ भने दुबै सदनको नेतृत्व फरक लिङ्ग र राजनीतिक दलबाट चयन गरिन्छ। यसका साथै, समावेशितालाई संस्थागत गर्न र न्यायपूर्ण समाजको विकास गर्न लागि विभिन्न संवैधानिक आयोगहरु समेत क्रियाशील छन्।’उनले सामाजिक विकास र न्यायू जस्तो महत्वपूर्ण विषयमा विचार-विमर्श गर्नु आजको विश्व परिस्थितिमा अत्यन्त सान्दर्भिक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट