Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’

दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’

तेल अभिभ : इजरायलले दुई बेलायती सांसदलाई हिरासतमा लिएको छ । बेलायती मिडिया रिपोर्टका अनुसार सत्तारुढ लेबर पार्टीका सांसद युआन याङ र अब्तिसम मोहम्मद लन्डनबाट इजरायल गएका थिए । तर इजरायली अधिकारीहरूले उनीहरूलाई प्रवेशमा रोक लगाए । इजरायलले दुई बेलायती सांसदलाई पक्राउ गर्नु र उनीहरूलाई देश प्रवेश गर्नबाट रोक्नु अस्वीकार्य र गम्भीर चिन्ताको विषय भएको बेलायती विदेश मन्त्री डेभिड लामीले शनिबार भनेका छन् ।

‘इजरायली अधिकारीहरूले संसदीय प्रतिनिधिमण्डलको हिस्सा रहेका दुई ब्रिटिस सांसदहरूलाई हिरासतमा लिएर प्रवेश अस्वीकार गर्नु अस्वीकार्य, घृणित र गहिरो चिन्ताको विषय हो ।’

एक आधिकारिक विज्ञप्तिमा लामीले भनेका छन् । आफूले इजरायली सरकारका आफ्ना समकक्षीहरूलाई स्पष्ट रूपमा बेलायती सांसदहरूमाथि यस्तो व्यवहार स्वीकार्य नभएको बताएको पनि उनले भने । ‘हामी दुवै सांसदहरूसँग सम्पर्कमा छौँ र उनीहरूलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौँ ’ अझ अगाडि उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट