Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब

रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब

बुटवल : रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ।

सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले बताए । सहकारीको सीसीटीभीको हार्डडिस्क गायब भएको छ ।

देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी विषयमा अनुसन्धान सुरु गरेको बताए । उनले केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको खुलाए। केही महिना अगाडि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा पनि चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट