Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लायन्स क्लब अफ नारायणगढ चौतारीमा महेश बरालको नेतृत्व

लायन्स क्लब अफ नारायणगढ चौतारीमा महेश बरालको नेतृत्व

भरतपुर : लायन्स क्लब अफ नारायणगढ चौतारीको १०औँ अधिवेशनले लायन वर्ष २०२५/०२६ को लागि महेश बरालको अध्यक्षतामा नयाँ नयाँ पदाधिकारी चयन गरिएको छ ।

नयाँ समितिको प्रथम उपाध्यक्षमा फूलनाथ गौतम, द्वितीय उपाध्यक्षमा सुमन गौतम, तृतीय उपाध्यक्षमा दीपेन्द्र पौडेल, सचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा तारानाथ बराल चयन भएका छन् ।

२०२४/०२५ का अध्यक्ष सागर पराजुलीको सभापतित्वमा भरतपुर–९ स्थित फोर सिजन पार्टी भेन्युमा आयोजित कार्यक्रममा प्रमुखअतिथि डिस्ट्रिक–३२५ आरका एओजी ओमप्रकाश गौतम, डिस्ट्रिक मेम्बर नवीन पुरीलगायत क्लबका पदाधिकारी र मेम्बरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट