Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर हुनुभएको छ ।महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उहाँलाई कार्यालय प्रवेश गराएका हुन् ।

गुरागाईँलाई रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको थियो । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् ।काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउनु भएको थियो ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गर्नुभएको थियो । जवाफमा मन्त्रालयले उहाँलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट