Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

 बेनिषाको ‘क्वीन मारा’ लुक्स 

 बेनिषाको ‘क्वीन मारा’ लुक्स 

काठमाडौँ : ‘एक्लो आगामी दिपावलीमा प्रदर्शनमा आउने फिल्म हो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मको अभिनेत्री बेनिशा हमालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो । पोस्टरमा हमालको क्यारेक्टरको नाम क्वीन मारा राखिएको छ । उनको लुक्सले फिलम फरक रहेको अनुमान गर्न सकिन्छ । फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बताउँछन् ।

फिल्मका मुख्य अभिनेता प्रदीप खड्का हुन् । प्रदीपको केही अगाडि क्यारेक्टर लुक्स बाहिर आएको थियो । फिल्ममा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योनसविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।

राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ  उत्सव विष्ट  भाइराजा थापा, नवीन सिवा, बागवीर पुन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज’ हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट