Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

प्रेस सेन्टरको अध्यक्षमा गिरी, अन्य पदमा को-को निर्वाचित भए ? (सूची)

प्रेस सेन्टरको अध्यक्षमा गिरी, अन्य पदमा को-को निर्वाचित भए ? (सूची)

काठमाडौं : प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । ५औं महाधिवेशन अन्तर्गत आइतबार भएको मतदानबाट ३६६ मत ल्याएर गिरी अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए ।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भए । सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् ।

यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् ।भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन् । पदाधिकारी बाहेक प्रदेशबाट आउने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनका अनुसार १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट