Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सुरू

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सुरू

 चितवन : नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सुरू भएको छ । आज राजधानीमा महाधिवेशनको उद्घाटन गर्नुहुदै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बलियो बनाउन र जनताको अवस्था सुधार गर्न तर्फ लाग्नु गर्नुपर्ने बताउनु भयो । गणतन्त्र विरोधि केही तत्व सलबलाउन थालेको भन्नुहुदै व्यक्ति स्वार्थ भन्दा माथि उठेर जनताको अवस्था सुधारमा सबै दल अघिबढ्नु पर्ने जिकिर गर्नुभयो । प्रचण्डले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गर्ने सही समय आएको धारणा राख्नु भयो । बाइट...पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष नेकपा माओवादी केन्द्र

आफू पनि सच्चिने सही समय आएको भन्दै उहाँले अहिलेको समयमा सरकारले व्यवस्था बचाउन कडा कदम चाले आफ्नो समर्थन रहनेबताउनुभयो ।निरङ्कुशतावादीहरूले सञ्चारमाध्यमलाई निशाना बनाएको प्रति खेद प्रकट गर्नु भयो । गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचारी र बिचौलियालाई कारबाही गर्नुपर्ने तर्क गर्नु भयो । यस्तै राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्दा मुलुकको अर्थतन्त्र सुधार गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव दिनु भयो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटा, नेता जनार्दन शर्मालगायत पत्रकारहरूका विभिन्न संगठनका प्रमुखहरूले महाधिवेशन सफल्ताको शुभकामना व्यक्त गर्नुभएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासचिव सन्तोष पौडेलले बताउनु भयो । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले साँगठनिक प्रस्ताव र एजेन्डामा प्रस्तुत गर्नु भयो । देशभरबाट हजारौंको सहभागिता रहेको सेन्टरको नेतृत्वका लागि आकांक्षि धेरै छन् । महाधिवेशन भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट