Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन – उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्नू

शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन – उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्नू

काठमाडौं : जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन् ।मंगलबार साँझ शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै मन्त्री खड्काले सो निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए ।उनले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट