Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

हेडक्वार्टर किन तानिए सिरहाका एसपी पण्डित ?

हेडक्वार्टर किन तानिए सिरहाका एसपी पण्डित ?

काठमाडौं : सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन् । उनीविरुद्ध उजुरी छानबिन शाखामा उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको हो ।यद्यपि किन तानिए भन्नेबारे स्पष्ट खुल्न सकेको छैन् । उनको स्थानमा पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।

यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो । महायज्ञ गर्नका लागि औरही गाउँपालिका ५ मा दीपक मलिकको घरमा डोजर लगाएर भत्काइएको घटना सार्वजनिक भएपछि विवाद भएको थियो ।सोही विषयमा उनीहरूमाथि छानबिन भइरहेको बताइएको छ । सो घटनामा गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट