Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

पर्सामा मिटर ब्याज पीडितले गरे आत्मदाह प्रयास

पर्सामा मिटर ब्याज पीडितले गरे आत्मदाह प्रयास

पर्सा : पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाहको प्रयास गर्नेमा बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साह रहेका छन् ।उनले मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।

आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।तर तत्काल प्रहरीले उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट