Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो

काठमाडौँ : हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको रातोपाटीलाई बताए ।

‘उहाँको अवस्था निकै सुधार भएको छ । अहिले प्राइभेट वार्डमा सारिएको छ’, उनले भने । पटक पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार उनको बताइएको छ ।

पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij