Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु

सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु

कैलाली : सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij