Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

बारामा राष्ट्रिय अनुसन्धानका सूचक यादवले क्राइमको ‘असई’ हो भन्दै पैसा असुल्दै

बारामा राष्ट्रिय अनुसन्धानका सूचक यादवले क्राइमको ‘असई’ हो भन्दै पैसा असुल्दै

काठमाडौं : बाराको विभिन्न नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेक राष्ट्रिय अनुसन्धान विभागको टोलीको नाममा समेत व्यापारीहरुसँग रकम असुली मौलाएको छ ।राष्ट्रिय अनुसन्धान विभागको कार्यरत रहेका सूचक जितेन्द्र यादवले बारा जिल्लाको विभिन्न नाकाहरुमा आर्थिक आतंक नै मच्चाएका छन् ।

गोप्य सूचना संकलनको लागि खटिएको यादवले सूचना कम र व्यापारीहरुलाई डर त्रास देखाई डिआईजीदेखि एसपीसम्मको नाममा रकम असुल्ने गरेका छन् ।यसैक्रममा बारामा सूचक प्रयोग गरी एसपीले रकम उठाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी र डिआईजीको समेत नाममा सूचक प्रयोग गरी रकम उठाउने गरेको खुलासा भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, डिआईजी र राष्ट्रिय अनुसन्धानका एसपीको नाममा व्यापारीहरुसँग दररेट तय गरी असुली हुँदै आएको छ ।विगत ७ बर्षदेखि राष्ट्रिय अनुसन्धान विभाग, बारामा कार्यरत सूचक जितेन्द्र यादवले प्रजिअ र एसपीको नाममा व्यापारीसँग मासिक रकम उठाउने गरेको आरोप छ ।

राष्ट्रिय अनुसन्धान विभाग बाराका प्रमुख (एसपी) दीपक खड्का छन् भने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी छन् । यादवले विगत ७ बर्षदेखि सिडीओ, डिआईजी र एसपीका नाममा व्यापारीसँग रकम लिने गरेका छन् ।

सूचक यादवले कतिपय व्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए ।

तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी खड्काले उनलाई असुलीमा खटाउँदै आएका छन् । बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकामा सूचक यादव आफै बसि प्रत्येक व्यापारीसँग ५ हजार देखि २० हजार रुपैयाँसम्म असुल्दै आएको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन् ।

स्रोतका अनुसार सूचक यादवले खुलेआम असुली गर्ने गरेको गुनासो पटक–पटक राष्ट्रिय अनुसन्धान विभागको मधेश प्रदेशका अनुसन्धान निर्देशक डीआईजी माधव तिम्सिनाकोमा पुगे पनि सुनुवाइ हुन सकेको छैन ।राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत हुँदा गुनासो गर्दा सुुनुवाइ भए पनि प्रधानमन्त्री कार्यालयमातहत लगिएपछि झन् मनपरी हुँदै गएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij